प्रधानमन्त्री ओली विरुद्ध विराटनगरमा प्रदर्शन

everest kitchen

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर पुगेलगत्तै प्रचण्ड-माधव समूहका कार्यकर्ताले प्रदर्शन गरेका छन् । प्रधानमन्त्री ओली विराटनगर एयर्पोर्टमा झरेपछि विद्यार्थीहरुले एयर्पोर्ट मोडमा उनी विरुद्ध प्रदर्शन गरेका हुन्

आफ्नो समूहको आमसभाको लागि विराटनगर गएका प्रधानमन्त्री ओलीलाई विमानस्थलबाट बाहिरिएपछि विद्यार्थीहरूको समूहले कालो झन्डा देखाएका हुन्। विद्यार्थी नेता वसिम आलमको नेतृत्वमा प्रचण्ड-माधव समूहका कार्यकर्ता एयरपोर्टमोड पुगेका थिए।