किम कार्दाशिया र कान्ये वेस्टको सम्बन्धविच्छेद

everest kitchen

एजेन्सी। टेलिभिजन स्टार किम कार्दाशियाको विवाह भएको सात वर्षपछि सम्बन्धविच्छेद हुने भएको छ । उनले आफ्ना पति र्यापर कान्ये वेस्टसँग सम्बन्धविच्छेदको माग गर्दै निवेदन पेश गरेकी छिन् ।

लामो समयदेखि सम्बन्धमा दरार पैदा भएपछि उनले आफ्ना चार छोराछोरीको संयुक्त हेरचाहको माग गर्दै सम्बन्धविच्छेद माग गरेकी हुन् । सन् २०१४ मा धुमधाम विवाह गरेका यो जोडीको विवाह इटलीमा भएको थियो । उनीहरुको सम्बन्धको सुरुवात सन् २०१२ मा भएको थियो ।

उक्त समयमा किम अमेरिकी फुटबलर क्रिस हमफ्रिइजकी पत्नी थिइन् । उनले सन् २०१३ मा क्रिससँग सम्बन्धविच्छेद गरेकी थिइन् । यता, र्यापर कान्येले किम बाइपोलर डिसअर्डरको समस्याबाट पीडित भएको खुलासा गरेका थिए । उनले किममाथि आफूलाई पीडित बनाएको आरोप लगाएका थिए ।