ओलीतिरै देखिएका तामाङ दुई दिनमै प्रचण्ड–नेपाल समूहमा लगेर पनि ५९ दिनमा ओलितिरै लागे

everest kitchen
photo file

काठमाडौं । आजमात्रै ओली समूहमा प्रवेश गरेका नेता शेरबहादुर तामाङले कतिपय बेला अलिअलि खोला पनि संगै हिँड्दा छुटिनसक्ने टिप्पणी गरेका छन् । सिन्धुपाल्चोक ओली समूहको जिल्ला कमिटीको सपथ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

‘तपाईंहरु ढुक्कसाथ लाग्नुस् मेरो साथ छ । कतिपय बेला अलिअलि खोला पनि संगै हिँड्दा एक दुईवटा भंगालो छुटिन सक्छ । यसलाई अन्यथा नलिनुहोला । छुटिन्छ मिसिन्छ । यो अविरल यात्रा धार बगिरहेको बेलामा यस्ता समस्याहरु आउँछन यसलाई अन्यथा नलिनुहोला ।’ उनले भने ।

५ पुसमा ओलीले संसद विघटन गरेपछि ओलीतिरै देखिएका तामाङ दुई दिनमै प्रचण्ड–नेपाल समूहमा गएका थिए । ५९ दिन प्रचण्ड–नेपाल समूहमा रमाएका तामाङ एक्कासी आज प्रचण्डलाई साथ दिन नसक्ने बताउँदै ओली खेमातर्फ लागेका हुन् ।