प्रदेश प्रमुख झालाई १०१ किलोको माला

everest kitchen

धनुषा । प्रदेश नम्बर २ का नवनियुक्त प्रमुख राजेश झा अहिराजलाई जनकपुर एयरपोर्टमा भव्य स्वागत गरिएको छ । प्रमुख झाले आजै पदभार ग्रहण गरेका छन् ।

आइतबार अपरान्ह काठमाडौबाट जनकपुर आइपुगेका प्रमुख झालाई एयरपोर्टमा १०१ किलोको माला लगाएर स्वागत गरिएको हो । प्रमुख झा एयरपोर्टबाट सिधै राम जानकारी मन्दिरमा दर्शनका लागि गएका छन् । त्यसलगत्तै उनले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

निर्वतमान प्रदेश प्रमुख तिलक परियारलाई हटाएर मन्त्रीपरिषदको सिफारिसमा झालाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी हुन । उनको नियुक्ति बारे राजनीतिक विवाद रहदै आएको छ । साथै, विना कारण अफुलाई पदमुक्त गरेको भन्दै परियार अदालत जाने बताएका छन् ।