सर्वोच्च अदालतले छाड्न आदेश दिएलगत्तै विप्लव नेता बाँस्तोला पक्राउ

everest kitchen

काठमाडौँ । विप्लव समूहका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएलगत्तै प्रहरीले पक्राउ गरेको छ। उनलाई प्रहरीले सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सोमबार अपराह्न बाँस्तोलालाई पक्राउ गरी परिसर ल्याइएको बताएको छ। बाँस्तोलालाई केही समयअघि ललितपुर परिसरले पक्राउ गरेको थियो।