जबर्जस्ती प्रहरी नियन्त्रणमा रहेका वडाअध्यक्ष रुम्बा रिहा

everest kitchen

सविन कुमार मकवानपुर । मकवानपुर राक्सिराङ गाउपालिका वडा नं १ का वडाअध्यक्ष कान्छाराम रुम्बा रिहा भएका छन् । अध्यक्ष रुम्बालाई गत शनिवार राती राक्सिराङ १ घ्याङसिङटारबाट जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रण्मा लिएको थियो ।

गएको शनिबार राति ८ बजे स्थानीयले प्रहरीले गाउमा पसेर आतंकित बनाउने गरि क्रियाकलाप गरेको र गाँजा अपरेसन मा आएको भनिएका प्रहरिले गाउको पसलबाट बियर, डिउका कार्टुन र नगदसमेत लुटपाट गरेको स्थानीयको आरोप लगाएका थिए ।

प्रहरीको जबर्जस्ती गाउँ खानतलासी र तोडफोडको विरुद्ध स्थानीयले प्रतिकार गर्न खोजेपछि स्थानीय र प्रहरी बीच तनाव उत्पन्न भएपछि वडा अध्यक्ष रुम्बाले स्थिति सहज बनाउने क्रममै जिल्ला प्रहरी कार्यालय बाट गएको टोलीसँग विवाद बढेपछि थप प्रहरी फोर्स बोलाइएको र इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरिक्षक बिनोद श्रेष्ठ को कमान्डमा थप प्रहरी पुगेपछि स्थानीयलाई धरपकड गर्दै वडा अध्यक्ष रुम्बालाई नियन्त्रणमा लिएर प्रहरी फर्किएको गाउँपालिकाले विज्ञप्ति जारी गर्दै बताएको थियो ।

रुम्बाको पक्राउ पछि गाउँपालिका आफ्ना नागरिकको सुरक्षा प्रति संवेदनशिल रहेको अवस्थामा गाउँपालिकालाई कुनै जानकारी नै नदिई छापामार शैलीमा खानतलासी गर्ने , रातको समयमा शान्ति सुरक्षामा खलल पुयाउने जस्ता अमानवीय दुखद घटना भएको भन्दै गाउँपालिकाले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रहरी नियन्त्रणमा रहेका सोही वडाका वडाअध्यक्ष रुम्बाको रिहाइको माग गर्दै घटनाको कारण उत्पन्न परस्थितीको जिम्मेवार लिनुपर्ने बताएको थियो ।