निराशापनको शिकार हुँनुभएको छ ? कार्यक्रममा सहभागी हुँनुहोस् ?

everest kitchen

काठमाडौं। समाजमा बढ्दो मानसिक समस्याको रोकथामको सानो पहल स्वरुप मानसीक स्वास्थ्य जनचेतना सम्वन्धी कार्यक्रम हुँन गईरहेको छ । यहि फेब्रुअरी २८, आइतवारका दिन मलेशियाको समय दिँउसो १ वजे अनलाईन जमघट जुम मार्फत हुँने उक्त कार्यक्रम नेपाली प्रवासी एकता संजाल र हिमालटाइम्स मिडियाले संयुक्त रुपमा आयोजना गर्न लागेको हो ।

कार्यक्रमको श्रोत व्यक्तित्व अर्थात वक्ताको रुपमा नेपालका प्रसिद्ध मनो विश्लेषक बासु आचार्य रहेका छन् । कार्यक्रमको विषय वस्तुहरु मानसिक रुपमा स्वस्थ्य हुने उपाय, मानसिक समस्यालाई कसरी पहिचान गर्ने र मानसिक समस्याको समाधानका उपायहरु के के हुँन सक्छन् ? भन्ने विषयमा केन्द्रीत हुँने छ ।

विगत एक दशक देखि बासु आचार्य नेपालमा मानसिक स्वास्थ्यमा चेतनास्तर उकास्ने अभियानमा संलग्न रहदै आएका छन् । आचार्यले काठमाण्डौं, पोखरा लगायतका शहरहरुमा परामर्शको क्लिनीक चलाउँछन् । साथै अनलाईन मिडिया मार्फत प्रत्यक्ष र युट्युव च्यानलबाट अप्रत्यक्ष परामर्शको सेवा दिदै पनि आएका छन् ।

कोभिड महामारीसंगै समाजमा मानसीक समस्याहरु पनि बढ्दो क्रममा रहेको समाचार र आँकडाहरु सार्वजनिक भईरहेको छ । विषेश गरी अति निराशापन (डिप्रेशन), वेचैनीको साथै देहत्याग बढेको तथ्यहरु समाचारमा आईरहेका छन् । केही हप्ता अगाडि मलेशियामा रहेका नेपाली कामदारहरु माझ विगत एक वर्षावधी भित्र मात्र देहत्याग गर्नेको संख्यामा वृद्दि भएको नेपाली दुतावासको तथ्याङ्क प्रकाशित भए पश्चात मानसीक स्वास्थ्य सुधारमा कदम चाल्नुपर्ने आवश्यकता टड्कारो रुपमा देखिएको छ ।

यही अवस्थालाई मध्य नजर गरी नेपाली प्रवासी एकता संजाल नामक गैर सरकारी संस्थाले मानसिक स्वास्थ्य सम्वन्धी जनचेतामुलक कार्यक्रको आयोजना गरेको हो । संस्थाले विगत ११ वर्ष देखि बैदेशिक रोजगारमा जाने श्रमिक, बैदेशिक रोजगारबाट फर्केका श्रमिक र उनीहरुको परीवारको हकहितको निम्ती कार्य गर्दै आएको छ ।

मलेशिया, नेपाल वा विश्वको जुनसुकै ठाउँबाट उक्त कार्यक्रममा जोडिन सकिने छ । कार्यक्रमको सहजीकरण हिमाल टाइम्स सम्पादक तथा समाजसेवी सपना वस्यालले गर्ने छिन। कार्यक्रममा सहभागी हुन जुम आइडी:९८८५१६६८४७० पासकुड: चेतना प्रयोग गर्नु पर्नेछ।