पशुपतिमा सुनको जलहरी नराख्न सर्वोच्चको अन्तरिम आदेश

everest kitchen

काठमाडौं । पशुपतिनाथको मन्दिरमा सुनको जलहरी नराख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । बुधबार राष्ट्रपति विद्या भण्डारीले पशुपतिमा पुगेर क्षमा पूजा गरेकै दिन सर्वोच्चले सरकारका नाममा जलहरी नराख्न अन्तरिम आदेश दिएको हो ।

पशुपति क्षेत्र विकास कोषका पूर्व कोषाध्यक्ष एवं वागमती प्रदेश सांसद नरोत्तम वैद्य र अधिवक्ता नीतिका ढुंगानाले जलहरी राख्ने कार्य विरुद्ध रिट दायर गरेका थिए । सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले पशुपतिनाथ मन्दिरमा तत्काल जलहरी राख्ने कार्य नगर्नु भनी अन्तरिम आदेश दिएका छन् ।

यसबारेमा वादी र प्रतिवादीलाई आगामी फागुन १७ गते छलफलका लागि डाकिएको छ । तर पशुपति क्षेत्र विकास कोषले अदालतको आदेश आउनुपूर्व नै जलहरी राखिसकेको छ । पशुपतिनाथ मूलमन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको पीठिका (जलहरी) राष्ट्रवासीका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले १०८ किलो सुनबाट बनेको पीठिकामा आज बिहान पूजा एवं प्राण प्रतिष्ठा गरेकी छन् ।