नेपाली राजदूतवास मलेसियाले श्रमिकको गुनासो वेभपेजबाट पनि सुन्ने

everest kitchen

काठमाडौं । मलेसियाका लागि नेपाली राजदुतावास मलेसियालृ अबदेखि श्रमिकका विभिन्न मिश्रित गुनासाहरु वेभपेजबाट पनि सुन्ने भएको छ । दुतावासले आफ्नो आधिकारिक साइटमा “श्रमिक-गुनासो” नामक पेज स्थापना गर्दै सेवा सुरु गरेको हो ।

अबदेखि श्रमिकलेहरु आफना गुनासाहरु सिधै साईटमा गयर छोड्न सकिने र त्यसको सम्बोधन पनि गर्ने दुतावासले जनाएको छ । गुनासो राख्न  ”  https://my.nepalembassy.gov.np/श्रमिक-गुनासो/ ” मा जानुपर्नेछ । त्यसको अलवा [email protected] र  [email protected] मा ईमेल गर्न सकिनेछ भने  ०३-२०२०१८९८, ०३-२०२०१८९९ र ०३-२०२०१९०१ मा कार्यालय समयमा  र मोवाईल (हटलाईन: ०१६-२४७२७७७ मा २४ घण्टा सम्पर्क गर्न सकिने दुतावासले बताएको छ ।

दुतावासले केही महिनादेखि हरेक शुक्रबार सांझ नियमित फेसबुक लाईभ कार्यालय मार्फत दुतावासका अत्यावश्यक जानकारी र श्रमिकका जिज्ञासाहरु मेटाउने प्रयास गरिरहेको छ ।