किर्ते गरी १ करोड १७ लाखबढी रकम अपचलन गर्ने लेखा अधिकृत पक्राउ

everest kitchen

 

काठमाडौं। लिखत सम्बन्धि कसूरमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन्। काठमाडौं तारकेश्वर नगरपालिका-६ बस्ने चितवन भरतपुर नगरपालिका-११ घर भएका मालपोत कार्यालय भरतपुर चितवनमा कार्यरत तत्कालीन लेखा अधिकृत ५७ वर्षीय रिठ्ठे परियारलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

लेखा अधिकृत रिठ्ठे समेतको संलग्नतामा राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय भरतपुर चितवनको भौचर, छाप र कर्मचारीहरुको दस्तखत समेत किर्ते गरी १ करोड १७ लाख २४ हजार ५ सय ३८ रुपैयाँ लिखत सम्वन्धी कसूर गरी सरकारी रकम अपचलन गरेको प्रारम्भिक अनुसान्धानको क्रममा खुल्न आएपछि तारकेश्वर नगरपालिका-६ मा लुकिछिपी बसेको अवस्थामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।