मलेसियामा काेराेनाकाे कारण निधन हुनेकाे संख्या ११ सय पुग्याे, आज मात्र १२ जनाकाे निधन

everest kitchen

 

ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण १२ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार१०० जना रहेका छन् ।

त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार ९२४ जना रहेकाे छ । मलेसियामा हालसम्म २ लाख ९३ हजार ६९८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज ३ हजार ७५२ जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये २ लाख ६३ हजार ७६१ जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

केही समय अघि सक्रिय संक्रमितको सङ्ख्या ५१ जना मात्रै रहेको मलेसियामा हाल २८ हजार ८३७ जनामा सक्रिय संक्रमण रहेको छ ।