साइकल चढ्ने विद्यार्थीले छात्रवृत्ति पाउने

everest kitchen

 

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा रहेको सिद्धपाइला क्याम्पसले साइकल चढ्ने विद्यार्थीलाई २५ प्रतिशत छात्रवृत्ति दिने घोषणा गरेको छ । उक्त विद्यालयले मासिक शुल्कमा २५ प्रतिशत छुट गर्ने घोषणा गरेको हो ।

क्याम्पस र घर आवतजावत गर्दा विद्यार्थीहरूले हरेक दिन साइकल चढेर क्याम्पसमा आवतजावत गरेमा मासिक शुल्कमा २५ प्रतिशत छुट दिने व्यवस्था गरिएको क्याम्पसले जनाएको छ । ‘विद्यार्थीलाई शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त राख्न र वातावरण प्रदूषण कम गर्ने उदाश्यले यस्तो अभियान थालेको बताएको छ।