स्रोत नखुलेको ७ लाख रकमसहित भारतीय नागरिक पक्राउ

everest kitchen

वीरगञ्ज । स्रोत नखुलेको ७ लाख रुपैयाँसहित वीरगञ्जबाट दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना-२५ बस्ने ४० वर्षीय संजयकुमार गुप्ता र ३७ वर्षीय विनोद कुमार रहेका छन् ।

भारतको रक्सौलबाट बीआर ०५ एडी ६८६९ नम्बरको मोटरसाइकल चढेर वीरगञ्जतर्फ आउँदै गरेको समयमा वीरगञ्ज-१६ स्थित रजतजयन्ती चोकमा चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट स्रोत नखुलेको ७ लाख नेपाली रुपैयाँ बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा अदालतबाट शुक्रबार ५ दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान भइरहेको पर्साका प्रहरी जनाएको छ ।
(नेपाल प्रहरी )