आज मलेसियामा ३ हजार ८५ जना निको हुदा २ हजार २५३ जना नया बिरामि थपिए

everest kitchen

ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण ११ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार १११ जना रहेका छन् ।

त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २ हजार २५३ जना रहेकाे छ । मलेसियामा हालसम्म २ लाख ९५ हजार ९५१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज २ हजार ८५ जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये २ लाख ६६ हजार ८४६ जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

केही समय अघि सक्रिय संक्रमितको सङ्ख्या ५१ जना मात्रै रहेको मलेसियामा हाल २७ हजार ९९४ जनामा सक्रिय संक्रमण रहेको छ ।