पत्रकार खसोग्जीको मृत्युमा साउदी युवराजको स्विकृति रहेको अमेरिकी दाबी

everest kitchen

एजेन्सी। पत्रकार जमाल खासोग्जीको ज्यान लिने वा पक्राउकालागि साउदी अरबका युवराज मोहम्मद बिन सलामको स्विकृति रहेको प्रतिवेदन सार्वजनिक भएको छ । अमेरिकी प्रशासनले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा युवराज सलामले खसोग्जीको ज्यान लिनको लागि समर्थन गरेको दाबी गरिएको छ।

सन् २०१८ माहत्यागरिएका५९ वर्षीय पत्रकार खसोग्जीकुनैबेला साउदी सरकारका सल्लाहकार थिए । पछि उनीहरुसँग टाढिएर अमेरिका बस्दै आएका थिए । स्व–निर्वासनमा सन् २०१७ मा अमेरिका पुगेका खसोग्जीको ज्यान भने टर्कीमा लिएको हो ।

साउदी अरबका अधिकारीहरुले भने दाबीको खण्डन गरेका छन् । साउदी अरबमा नेतृत्वदायी भूमिकामा रहेका युवराज मोहम्मदले यसअघि पनि आरोपहरुको खण्डन गर्दै आफ्नो कुनै पनि हात नरहेको दाबी गर्दै आएका छन्।