अबदेखि संसद् नियमित चल्छ : सभामुख सापकोटा

everest kitchen

 

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै संसद् नियमित चल्ने बताएका छन् । सभामुख सापकोटाले दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन ।

पत्रकारहरुसँग कुराकानीमा उनले संसद्को आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको भन्दै उनले अब पहिले जसरी नै संसद् चल्ने विश्वास व्यक्त गरे । उनले भने, “पहिले जसरी संसद् चलेको थियो । त्यही अनुसार संसद् चल्छ । अब दलहरुबीच छलफल र समझदारी हुन्छ ।”

राष्ट्रपतिबाट संसद् आह्वान भएसँगै कार्यव्यवस्था समितिको बैठकबाट परामर्श गरी पुरानै तवरले संसद् पुनः सञ्चालन गर्ने उनको भनाइ छ ।