स्वतन्त्र रुपमा छलफल गर्न नेकपाका दुबै समुहका सांसदहरुलाई जनार्दनको अपिल

everest kitchen

 

काठमाडौं । देशलाई निकास दिन भन्दै स्वतन्त्र रुपमा छलफल गर्न लागि नेकपाका दुबै समुहका सांसदहरुलाई नेता जनार्दन शर्माले अपिल गरेका छन् । जनताको आन्दोलन र अदालतको स्वतन्त्र र सुझबुझ पुर्ण निर्णय बाट संसदको पुन:स्थापना भएको सन्दर्भमा हामी प्रतिनिधिसभाका संसदहरुले आफै प्रति उठेका प्रश्नहरुको जवाफ दिन आवश्यक रहेको भन्दै उनलेे यस्तो अपिल गरेका हुन ।

रुकुम (पश्चिम) बाट प्रत्यक्ष निर्वाचित सांसद तथा नेकपा नेता शर्माकै शब्दमा :
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा उत्पन्न विवादलाई सैद्धान्तिक कुरा, नेतृत्वको प्रश्न एंवम पदीय झगडाका रुपमा आआफ्ना बुझाइ रहेका छन । जे भएपनी जननिर्वाचित संसद समेत भंग हुने अवस्था सम्म पुग्नु हामी सबैका लागी दुर्भाग्यपूर्ण अवस्था हो । जनताको आन्दोलन र अदालतको स्वतन्त्र र सुझबुझ पुर्ण निर्णय बाट संसदको पुन:स्थापना भएको सन्दर्भमा हामी प्रतिनिधिसभाका संसदहरुले आफै प्रति उठेका प्रश्नहरुको जवाफ दिन आवश्यक भएको छ ।

जनमतको सम्मान र आपनो जनप्रतिनिधिको कर्तव्य समेत कसरी पूरा गर्ने भन्ने बारे स्वतन्त्र ढंगले छलफल गर्न आवश्यक भएको सन्दर्भमा सचिवालय सदस्यहरु बाहेकका सांसदहरूले एउटा छलफल गरि आवश्यक निष्कर्षका लागी पहल गर्ने कुराको महसुस गरि पार्टी,आन्दोलन र जनताको पक्षमा के गर्दा हुन्छ भन्ने बारे स्वतन्त्ररुपले छलफल गर्न माननीयहरुमा हार्दिक अपिल गर्दछु । यो छलफल कुनै हस्ताक्षर र यो वा त्यो नेतृत्वको पक्षमा नभएर हाम्रो साझा सुझाव तयार गर्न अर्थमा भएको समेत जानकारी गराउद छु । कुनै त्रास र कुनै प्रलोभनमा नपरी छलफल गरिने छ ।।