सरकार र विप्लव समूहबीचको वार्ता जारी

everest kitchen

काठमाडौं । सरकार र नेकपा विप्लव समूहबीचको दोस्रो चरणको वार्ता जारी रहेको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुई चरणमा दुई पक्षबीच वार्ता भएको थियोे ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको वार्तामा सरकारकोतर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लव समूहबाट खड्कबहादुर विश्वकर्मा प्रकाण्ड र उदय चलाउने सहभागी छन् ।

वार्ताको क्रममा विप्लव समूहले प्रतिबन्ध फुकुवा गर्नुपर्ने, पक्राउ परेका नेता/कार्यकर्ताको रिहाइ गर्नुपर्ने र उनीहरुमाथि लगाइएको मुद्दा फिर्ता गर्नुपर्ने सर्त अघि सारेको बताएको छ । विप्लव समुहको प्रस्ताव बारे सरकार सकरात्मक रहेको बताएको छ ।

वार्ता सकारात्मक रहेको र केही चरणको वार्तापछि निकास तथा निर्णयमा पुग्ने बताएको छ । बालुवाटार निकट स्रोतका अनुसार अहिले भइरहेको छलफलमा समूहका राजनीतिक एजेण्डाबारे कुराकानी हुनेछ । प्रतिबन्ध फुकुवा र जेलमा रहेका नेता, कार्यकर्ताको रिहाइ गर्न सरकारले सकारात्मक रहेको बुधबारै बताइसकेको छ । यस बारे महासचिव विप्लवलाई पनि वार्ता टोलीले खबर गरि सकेको छ ।