प्रहरीको स्कटिङमा विप्लव काठमाडौं आइपुगे

everest kitchen
नवलपुरमा सहिद परिवारसंग भेट्दै विप्लव

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) काठमाडौं उपत्यका आइपुगेका छन् । सरकार संग सम्झौता भएपछि काठमाडौं हुने सभालाई सम्बोधन गर्न उनी काठमाडौं आएका हुन ।

सुरक्षा स्रोतका अनुसार उनी नागढुंगा नाकाबाट काठमाडौं आइपुगेका छन् । बिहान निजी गाडी चढेर नवलपुरबाट काठमाडौं प्रस्थान गरेका उनलाई प्रहरीले स्कटिङ गरेको थियो ।

दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने छन् । सो समारोहमा शान्ति प्रक्रियामा आउने लगायतका विस्तृत सम्झौतामा दुवैले हस्ताक्षर गर्ने बताएको छ ।