अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विशेष कार्यक्रम

everest kitchen

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अन्तर्राष्ट्रिय नेपाली समाज महिला समिति तथा अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्रको आयोजनामा फागुन २४ गते भर्चुअल जुम मिटिङको माध्यमबाट अन्तर्राष्ट्रिय महिला दिवस विशेष कार्यक्रम २०२१ हुने भएको छ ।

कार्यक्रममा प्रोफेसर डा. काती निर्भाना – जर्मन भौतिक शास्त्री, ज्योतिषी तथा महिला अधिकार अभियान्ता, डा. रेणु थापा ‘सोलु’ महिला सशक्तीकरण बिज्ञ, नजबुल खान आसन, भाषण र शासनमा महिला अभियान्ता, उर्मिला निर्दोषी बरिस्ठ अधिबक्ता तथा महिला अधिकारकर्मी साथै डा. य्राने भइबइर शिक्षिका तथा हिरल द्वारा महिला अधिकार तथा सशक्तीकरण महत्त्वपूर्ण वक्तब्य र सहित्य सिर्जनाहरु प्रस्तुत हुने आयोजकले बताएको छ ।

यस कार्यक्रमको सहजकर्ता नीतु खतिवडा, सुप्रिया घिमिरे, दीक्षा भण्डारी र कुशुम गुरुङ रहेका छन । कार्यक्रममा इच्छुक सहभागीहरुले पनि महिला अधिकार सम्बन्धि साहित्य सिर्जना प्रस्तुत गर्न मौका पाउने पनि आयोजकले जनाएको छ ।