तीन जना नेपालीको एकैपटक उद्दार

everest kitchen

बिभिन्न समयमा मलेसिया आएर बाध्यतावश अबैधानिक भई मलेसियामा अलपत्र परेका तीन जना नेपालीको उद्दार गरिएको छ ।
यहि मार्च ५ तारिख हिमालयन एयरलायन्सको उडानबाट नेपाल उडेका उनिहरुलाई उद्दार कार्यमा सुरुवात देखि खटेर एयरपोर्टसम्मै पु¥याउनुहुने नेपाल राजदुतावासका कर्मचारी टेक बुढाका अनुसार तीन जना नेपालीलाई नेपाल पठाउन एनआरएन मलेसिया, पिएनसिसि मलेसिया र जनउद्दार केन्द्र लगायतका संस्थाको सहयोग रहेको थियो ।
उद्दार गरिएकामा भोजपुरका गणेशबहादुर खड्का १० बर्ष देखि मलेसियामा अवैधानिक रहेका थिए । उनलाई कम्पनीको मेनेजर, सुपरभाईजर लगायतले मानसिक तनाव दिएपछि मानसिक रुपमा बिक्षिप्त बनेका थिए ।
त्यस्तै पाल्पाका पदमबहादुर थापा मगर १५ बर्ष अगाडी मलेसिया आएको र १२ बर्ष देखि अवैधानिक रहेका थिए । उनलाई कलेजोको समस्या भएर शरिर सुन्निएर गाह्रो भएपछि नेपाल जान खोजेका थिए ।
त्यसैगरि उद्दार गरिएका तेश्रो व्यक्ति पर्बतका सन्तोष दर्जि ६ बर्ष अगाडी मलेसिया आएका हुन् । उनि ४ बर्ष देखि अबैधानिक रहदै आएका थिए ।