कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोप आइतबार नेपाल आई पुग्दै

everest kitchen

 

काठमाडौं । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोपको मात्रा आइतबार नेपाल आई पुग्दै छ । कोरोना भाइरसविरुद्धको खोपको ३ लाख ४८ हजार डोज बिहान सवा ११ बजे भारतबाट काठमाडौं भित्रिन लागेको हो ।

कोभ्याक्स सुविधाअन्तर्गत नेपालले २० प्रतिशत नागरिकलाई पुग्ने खोप प्राप्त गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको यो खोप पनि भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको हो ।

चीनले दिने भनेको ८ लाख खोप पनि चाँडै आउने मन्त्रालयले जनाएको छ ।