विप्लव र पुर्वसभामुख महराबीच भेटघाट

everest kitchen
फोटो : राहुल महरा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव पूर्वसभामुख कृष्णबहादुर महरासँग भेट गरेका छन् । विप्लवले गुरु मानणदै आएका प्रचण्ड-नेपाल समूहले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता महरासँग भेटघाट गरेका हुन ।

फागुन २१ बाट विप्लव खुल्ला राजनीतिमा आएदेखि नै विभिन्न राजनीतिक भेटघाटमा लागिरहेका छन् । सरकारको नेतृत्व गरेका नेताहरुसंग भेटघाट गरेका उनले अन्यदलका नेताहरुसंग छलफल सुरु गर्न लागेको बताएको छ ।

नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले विप्लवलाई स्वागत गर्न आतुर रहेको अभिव्यक्ति दिएसंग महरा र विप्लवको भेटलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ ।