सर्वोच्चको फैसलाले वास्तविक अर्थको एकता गर्न ढोका खोलिदियो : मन्त्री ज्ञवाली

everest kitchen

 

काठमाडौं । खारेजीमा परेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले वास्तविक अर्थको एकता गर्न ढोका खोलिदिएको बताएका छन् । ‘पार्टीहरुलाई एकीकरण पूर्वको अवस्थामा पुर्‍याइदिएको उनलेे बताएका हुन ।

ज्ञवालीका अनुसार एकताको ठोस् गन्तव्यमा पुग्ने ढोका खुलेको पनि बताए । वास्तविक अर्थमा वैज्ञानिक, वस्तुनिष्ठ र सही आधारमा पार्टी एकताको लागि ढोका खोलिदिएको छ’। जुन विचार, संरचनाका आधारमा एकता गरिएको थियो, त्यसले गन्तव्यमा लगेन । अब गन्तव्यमा पुग्ने आधारसहितको ठोस एकताको लागि ढोका खुलेको छ’, ज्ञवालीले भने ।

आइतबार सर्वोच्च अदालतले नेकपा नामसम्बन्धी विवादमा ऋषि कट्टेल नेतृत्वमा नेकपा दर्ता रहेकै अवस्थामा सोही नाममा अर्को पार्टी दर्ता हुन नसक्ने फैसला सुनाएको छ । त्यससँगै सर्वोच्चले साविकको नेकपा एमाले र साविकको नेकपा माओवादी केन्द्र पूर्ववत अवस्थामै रहेको पनि बताएको छ ।