प्रचण्ड–नेपाल समूहले संसदको बैठक बहिस्कार, कांग्रेस र जसपाद्धारा संसदमै नाराबाजी

everest kitchen

काठमाडौं । प्रचण्ड–नेपाल समूहले संसदको बैठक बहिस्कार गरेका छन्। सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि आइतबार बसेको संसद बैठकमा कार्यसूचीमा सरकारले ल्याएको अध्यादेश पनि राखिएको भन्दै उनीहरुले बैठक बहिस्कार गरेका हुन्।

त्यस्तै, प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका सांसदले नाराबाजी गरेका छन्
आइतबार अपरान्ह बैठकमा सरकारका तर्फबाट अध्यादेश पेश भएपछि विरोधमा उनीहरूले रोस्टम घेर्दै विरोध गरेका छन्।

प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका सांसदले नाराबाजी गरेपछि सभामुख अग्नि प्रसाद सापकोटाले १० मिनेट बैठक स्थगित गरेका थिए ।