एमालेमै रहेर ओलीविरुद्ध लड्ने माधव समुहको मनसाय, प्रचण्ड-माधव समुहको बैठक सुरु

everest kitchen

काठमाडौं । यतिबेला नेपाली राजनीति निकै तरगिंत भएको छ । ५ पुसमा प्रधानमन्त्री खड्गप्रसाद ओलीले जीवित रहेको प्रतिनिधिसभा भंग गर्ने एकलौटी निर्णयदेखि तातेको राजनीतिक माहोल आइतबार सर्वोच्च अदालतको फैसलासँगै झनै गरम बनेको छ ।

विशेषतः सर्वोच्च अदालतले नेकपा नाम ऋषि कट्टेललाई दिएर ओली–प्रचण्डको नेकपा बदर गरेपछि त्यसपछिका घटनाक्रम झनै तातिएका छन् । बल्ल–तल्ल बसेको प्रतिनिधिसभा बैठकमा पनि नेकपा विवाद प्रवेश गरेपछि नाराबाजी सम्मकै स्थितिमा राजनीतिक सरगर्मी पुगेको छ ।

यसैबीच नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बैठक भर्खरै सुरु भएको हो । यसअघि नयाँबानेश्वरस्थित एक होटलमा माधव नेपाल पक्षका नेताहरुको छुट्टै छलफल भएको छ ।

छलफलमा नेपालले नेताहरुसँग अबको भावि रणनीतिको बारेमा ब्रिफिङ गरेका थिए । विश्वस्त स्रोतका अनुसार नेपालले साविक एमाले मै रहेर ओलीविरुद्धको रणनीति बनाउने तयारी गरेका छन् । आजको छलफलमा पनि नेपालले आफू निकट नेताहरुलाई यसबारे जानकारी गराएर केही परामर्श लिएका छन् ।

पेरिसडाँडामा अहिले प्रचण्ड(नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ ।