प्रचण्ड-नेपाल समुहको निर्णय- एमाले अलग, माओवादी केन्द्र अलग भएर जाने

everest kitchen

 

काठमाडौं । प्रचण्ड–नेपाल स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको छ।

आज पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए । संवैधानिक हिसावले पनि अब आफूहरु पुराना पार्टीमा फर्कनु परेको उनले बताए। नेकपाको रुपमा आजको स्थायी समिति बैठक नै अन्तिम भएको उनले बताए।

यसअघि सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता ऋषिराम कट्टेललाई दिएको छ।