धुम्बाराहीमा नेकपा (एमाले) को बोर्ड राखियो

everest kitchen

काठमाडौँ। नेकपा मुख्यालय रहेको धुम्बाराहीमा नेकपा (एमाले) को बोर्ड राखिएको छ। नेकपाको सट्टा एमालेको बोर्ड राखिएको पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले बताए।

सर्वोच्च अदालतको सोमबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई मान्यता नदिएपछि दुई पार्टी ब्यूँतिएका हुन्।

२०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिली नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गठन भएको थियो।