माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बोलाउने निर्णय, स्थायी कमिटी बैठक भोलि पुनः बस्ने

everest kitchen

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी २९ फागुनमा केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ  । सर्वोच्च फैसलापछि आज बसेको माओवादी केन्द्रको स्थायी कमिटि बैठकले वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि पनि बस्ने भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको बैठक भोलिपनि बस्ने जानकारी दिएका हुन् ।

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पाटीसँग सत्ता सहकार्यको लागि छलफल गर्ने निर्णय गरेको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक भोलि ११ बजे पुनः पेरिसडाँडामा बस्नेछ ।