प्रतिनिधिसभाको बैठक आज बस्दै

everest kitchen

 

काठमाडौं । पुनःस्थापित प्रतिनिधिसभाको दोस्रो बैठक आज बस्दै छ । सर्वोच्चले पुनःस्थापना गरेको प्रतिनिधिसभा बैठक २३ फागुनमा बसेसंगै सुचना टाँस गरेर स्थगित ब‌ठक आज बोलाइएको हो ।

२३ गतेको प्रतिनिधिसभा बैठक राम्रोसँग चल्न सकेन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले अवरोध गरेपछि त्यो दिन प्रतिनिधिसभा बैठक स्थगित भएको थियो । त्यो बैठकलाई पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका सांसदहरुले बहिष्कार पनि गरेका थिए ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा विघटन गरेको प्रतिनिधिसभालाई सर्वोच्चले पुनःस्थापना गरेको थियो ।