लोक सेवा आयोगद्धारा खरिदार पदको विज्ञापन

everest kitchen

 

काठमाडौं । लोक सेवा आयोगले खरिदार पदको विज्ञापन खुलाएको छ। आयोगले खुल्ला र समावेशी गरि विभिन्न सेवा समुहमा विज्ञापन खुलाएको हो ।

आयोगले खरिदार पदका लागि न्याय, प्रशासन र व्यवस्थापिका सेवाको न्याय, सरकारी वकिल, सामान्य प्रशासन र लेखा समूहतर्फ आन्तरिक, खुल्ला र समावेशी गरि ठूलो संख्यामा खरिदार पदमा दरखास्त आह्वान गरेको हो ।

दरखास्त दिने अन्तिम मिति चैत्र १७ गतेसम्म रहेको छ भने दोब्बर दस्तुर तिरेर चैत्र २४ गतेसम्म फाराम भर्न सकिने आयोगले जनाएको छ ।