हल : आलोक कुमार सातपुते

everest kitchen

लघुकथा- हल


लेखक – आलोक कुमार सातपुते
(हिन्दीबाट नेपाली अनुवाद – श्री एकदेव अधिकारी)

 

त्यो विचारकले त आफ्नो उग्र विचारहरूबाट मानिसहरूलाई छिटै नै प्रभावित गर्न सक्छ। आजभोली त उसले राज-धर्मको विरूद्धमा पनि बोल्न थालेको छ। हाम्रो लागि त ऊ दिन-प्रतिदिन खतरनाक हुँदै जाँदै छ। छिट्टै नै उसलाई ठेगान लगाउनु पर्छ – राजा ले आफ्नो सल्लाहकारसँग भन्यो।

“महाराज यसो गरि बक्सियोस्, राज्यका सबै मूर्तिकारहरूलाई उसैको मूर्ति बनाउने आदेश दिइबक्सियोस्, अनि नगरको सबै चौबाटोहरूमा तिनै मूर्तिहरू स्थापना गरी जनताहरू बीच उसैलाई भगवानको रूपमा प्रचार प्रसार गरेर उसको मूर्तिपूजाको सुरूआत गराइ बक्सिनुहोस्। केही दिन पछि थाहा पाइ बक्सनेछ कि उसको विचारहरू समाप्त भए, अनि उसको मूर्तिहरू मात्रै बाँकी रहने छन्। अनि ती मूर्तीहरूले हाम्रो केही बिगार्न सक्ने छैनन्।” सल्लाहकारले आफ्ना अधरहरूमा कुटिल मुस्कान ल्याउँदै भन्यो।

… अनि राजाले त्यसै गरे अनि आफ्नो राजतन्त्र बचाउन सफल भए ।