थप १०४ जनामा कोरोना संक्रमण, हाल ९११ जनामा सक्रिय संक्रमण

everest kitchen

 

काठमाडौं । नेपालमा थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ९७३ पुगेको हो ।

पछिल्लो २४ घन्टामा ६३ जना निको भएर फर्किएपछि कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार ५० पुगेको छ। आज निधन हुनेको सङ्ख्या शुन्य रहेको छ भने अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०१२ पुगेको छ।

यस्तै, हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ९११ रहेको छ ।