आज पनि मलेसियामा संक्रमित भन्दा निकाे हुने बिरामिकाे संख्या धेरै

everest kitchen

ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ५ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार १९१ जना रहेका छन् ।

त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार ४४८ जना रहेकाे छ । मलेसियामा हालसम्म ३ लाख १७ हजार ७१७ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै आज २ हजार १३७ जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये २ लाख ९८ हजार ५१६ जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।