रुकुमको मनकामना हस्पिटलमा छाला तथा गुप्त रोग सम्बन्धि २ दिने शिविर सम्पन्न

everest kitchen

रुकुम (पश्चिम) । जिल्लाको मुसीकोट नगरपालिका -५ स्थित बागबजारमा रहेको मनकामना लाईफ केयर हस्पिटलको आयोजनामा छाला सौन्दर्य तथा गुप्त रोग सम्बन्धि शिविर सम्पन्न भएको छ । शिविर यही फागुन २४ र २५ गते उक्त हस्पिटलमा बसेको थियो ।

शिविरबाट एक सय ८४ जना बिरामीहरुले सेवा लिएको हस्पिटल प्रमुख डाक्टर यज्ञ प्रसाद बुढाथोकीले जानकारी दिए । उनका अनुसार रुकुममा यस्तो किसिमको विशेषज्ञ सेवा अहिलेसम्म उपलब्ध नभएको अवस्थामा सबैले सहजै उक्त सेवा पाउन भनेर शविर राखेको बताए ।

शिविरमा नेपालगन्ज मेडिकल कलेज तथा नेपालगन्ज  स्किन केयर क्लिनिकमा कार्यरत वरिष्ठ छाला सौर्न्दर्य तथा गुप्त रोग विशेषज्ञ डाक्टर अभिषेक अर्जेलले सेवा दिएका थिए ।