“दिगो विकासका लागि एकता नेपाल”द्धारा ४० कृषक परिवारलाई अदुवाको बिउ सहयोग

everest kitchen

सविन कुमार लोप्चन

हेटौंडा । “दिगो विकासका लागि एकता नेपाल”ले राक्सिराङ ६,७ र ८ मा ४० कृषक परिवारलाई प्रती ब्याक्ती ५० किलोको दरले अदुवाको बिउ बितरण गरेको छ। विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको उक्त संस्थाले विपन्न किसानहरुलाई सहयोग गरेको हो ।

सन् २०११ देखि राक्सिराङ गाउँपालिको साविकको काँकडा गाबिस र वर्तमान राक्सिराङ ६,७ र ८ को १६ वटा स्कुल ६ वटा बालबिकास सेन्टरहरुमा विभिन्न सहयोग गर्दै आएकोमा यसपटक किसानहरुलाई अदुवाको बिउ सहयोग गरेको बताएको छ ।

संस्थाले गाउँपालिका भित्रका १४ सय जना छात्राहरु लाई छात्रवृत्ति दिदै आएको छ । साथै आबस्यकता अनुसार संस्थाले स्कुल भवन,स्थानीय जनताको लागि निशुल्क मेडिकल सेन्टर साथै पाशु पालनको लागि विशेषज्ञ सेवा जस्तो प्राविधिक सहयोग पनि गर्दै आएको बताएको छ ।