व्यवस्थापन समितिका अध्यक्ष साजेन मल्लको निजि लगानीमा विद्यालय भवन निर्माण

everest kitchen

समीर मल्ल

बझाङ । जिल्लाको मध्येभागमा रहेको जिल्लाको केदारस्युुँ गाउपालिका ४ बाग्थलामा रहेको “श्री शिक्षोदय माध्यामिक बिधालयका बिधालय” ब्यबस्थापन समितिका अध्यक्ष साजेन मल्लले निजि लगानीमा विद्यालय भवन बनाउन लागेका छन् । अध्यक्ष मल्लले  प्राथामिक तहका बिद्यार्थीहरुका लागि २० लाख लगानीमा बिद्यालयको ४ कोठे भबन निर्माण गर्न लागेका हुन ।

विद्यालय जस्तो स्थानमा पनि बिद्यालय ब्यबस्थापन समिती निर्माणका क्रममा हुने राजनीतिक खिचातानीले आजित स्थानीयहरु अध्यक्ष मल्लको उदाहरणीय कामले खुसी देखिन्छन् ।

प्राथमिक तहमा साना बालबालिकाहरु बसेर पठनपाठन गर्ने भवन नहुदा बाहिर बसेर पठनपाठन गरिरहेका थिए । अध्यक्ष मल्लको सक्रियतामा भवन निर्माण भैरहेकोले अब समस्या समाधान हुने विद्यालय प्रधानाध्यापक गगन बिस्टले बताए ।

यसअघि विद्यालय रहेको स्थान उपयुक्त नभएकाले पहिला भन्दा केहि तल खुला ठाँउमा विद्यालय निर्माण थालिएको छ । जहाँ अध्यक्ष मल्ल आफै मजदुरसहित भवन निर्माणमा खटिएका छन् । पेसाले निर्माण व्यावसायी रहेका मल्लले आफ्नो कमाइको केहि रकम समाज सेवाका लागि खर्च गर्ने सोचका साथ गाँउमा आएर विद्यालय भवन बनाउन लागेको विद्यालय बताए ।

‘पैसा त कस्लाई पुुग्दछ, तर पनि मैले आफु जन्मेको ठाउँ र पढेको स्कुलमा केहि गरौ भन्ने सोचले विद्यालय भवन निर्माण गर्न लागेको हुँ’, “उनले भने, आफ्नो कार्यकालमा विद्यालयको शैक्षिक, भौतिक र सरसफाई तथा अनुशासनका क्षेत्रमा सुधार गरेर जिल्लाको नमुना विद्यालय बनाउने लक्ष्य राखेको छु ।’

अध्यक्ष मल्लले अफ्नै लगानीमा यति ठुुलो रकम लगाएर विद्यालय भवन बनाई दिन लागेपछि गाँउलेहरु धेरै खुशी भएका वडा अध्यक्ष भक्तराज भट्टले वताए ।

उनको यो कार्यले स्थानीय देखि परदेशमा समेत रहेका युवाहरूले प्रसंसा गरेका छन् । सुदूरपश्चिमेलि नेपाली समाज मलेसियाका निबर्तमान अध्यक्ष तथा बर्तमान संरक्षक शम्शेर मल्लले गाउँको बिकास गर्ने यो सोचले अगाडि बढ्न चाहनेहरुलाई युवाहरूलाई साथ दिनुपर्ने भन्दै सकेको सहयोग गर्ने बताए ।