एमालेमा लागेका नेताहरुलाई कारबाही गर्न माओवादी केन्द्रको तयारी

everest kitchen

 

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको छ । सर्वोच्च अदालतले माओवादी केन्द्र ब्युँताएपछि पहिलोपटक बस्न लागेको यो बैठकले एमालेमा लागेका नेताहरुलाइृ कारबाहीको प्रक्रिया अघि बढाएको छ ।

स्थायी कमिटी सदस्य गणेश शाहका अनुसार कारवाहीको तयारी सुरु गरिएको छ । हिजो बसेको बैठकमा एमालेमा लागेका नेताहरु रामबहादुर थापा बादल लगायतका नेताहरुलाई २४ घन्टाभित्र फर्कनका लागि भनेको थियो ।

सोही निर्णयअनुसार पार्टीले आज कारवाहीको निर्णय गर्ने बुझिएको छ । एमाले अध्यक्ष ओलीले ती नेताहरूलाई एमालेको केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।