माओवादी केन्द्र बैठक : संसदभित्रका दलहरूसंग वार्ता गर्ने, सर्वोच्चमा पुनरावलोकनमा जाने

everest kitchen

 

काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँगको वार्तालाइ तिव्रता दिने निर्णय गरेको छ । पार्टीले सत्ता समीकरण तथा समसामयिक राजनीतिक अवस्था बारे निकास दिन संसदभित्रका दलहरुसंग वार्ता गर्ने निर्णय गरेको हो ।

पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बसेको माओवादी केन्द्रीय कमिटी बैठकले मुख्यतया दुई दलसँग वार्ता गर्ने भन्दै केहि दिनका लागि केन्द्रीय कमिटी बैठक स्थगित गर्ने निर्णय गरिएको माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सर्वोच्चमा पुनरावलोकनमा जाने, संसदमा भएका दलसँग वार्ता गर्ने र जिल्ला तथा प्रदेशमा नेताहरू संगठन विस्तारका काममा जाने निर्णय भएको उहाले बताए ।