सोमबार थप ७९ जनामा कोरोना पुष्टि, मृत्यु शुन्य

everest kitchen

 

काठमाडौँ । नेपालमा सोमबार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ७९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ३१० पुगेको छ ।

त्यस्तै थप ७५ जना कोरोनामुक्त हुँदा नेपालमा हालसम्म दुई लाख ७१ हजार ४०१ जना कोरोनामुक्त भएका छन् । गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म तीन हजार १४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

हाल ८९५ जना आइशोलेशन र ४४ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २२ लाख १८ हजार ७२२ वटा पिसिआर गरिएको छ ।