धनुषाको पुष्पवलपुरमा “कबिर सन्त सम्मेलन” सम्पन्न

everest kitchen

सुरेन्द्र महतो
महेन्द्रनगर । प्रदेश न. २ धनुषाको मिथिला नगरपालिका वडा नं.४ पुष्पवलपुरमा दुई दिवसीय सन्त सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ । मिथिला नगरपालिका वडा नं. ४ पुष्पवलपुरस्थि सत्य कवीर धर्म संस्था कुट्टीको तेस्रो साधारणसभा तथा २ दिने सन्त सम्मेलन (कवीर पन्थ जनचेतना अभियान) भव्य रुपमा सम्पन्न भएको हो ।

कुट्टीका अध्यक्ष सन्त रामचन्द्र महतोको अध्यक्षता तथा जनकपुरस्थित कवीर बाल आश्रमका संचालक श्री सत्यनारायण आलोकको प्रमुख आतिथ्यमा सधारणसभा तथा सन्त सम्मेलन सम्पन्न भएको थियो । सो सन्त सम्मेलनमा रामऔतार साहेव, महात्मा चेतनारायण साहेव (बन्दरा हजुर साहेब ) , विपैत साहेव, प्रमोद साहेव, विहारका हथियाहीको देवेन्द्र साहेव लगायत हजारौं महिला पुरुष सन्त कवीरहरुको सहभागिता रहेको थियो ।

त्यसैगरि, सो सम्मेलनमा प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल, प्रदेशसभा सदस्य परमेश्वर साह, जसपाका नेता राजकिशोर महतो, रामनरेश महतो, नेत्री मनु माया, जित साह, मिथिला नगरपालिका वडा नं. ४ का वडासदस्य रामएकवाल महतो, चमिनीमाई युवा क्लवका अध्यक्ष विरेन्द्र महतो लगायतको समेत उपस्थिति रहेको थियो ।