नेता पटेलद्धारा खेलाडीहरुलाई पोसाक तथा खेल सामाग्री हस्तान्तरण

everest kitchen

वीरगन्ज । जनता समाजबादी पार्टीका नेता शिव पटेलले बहुदरमाई नगरपालिकाका क्रिकेट खेलाडीहरु लाई पोसाक एवम् खेल सामग्री वितरण गरेका छन् । पटेलले मंगलबार एक कार्यक्रमका बीच सहयोग सामाग्री हस्तान्तरण गरेका हुन ।

खेल सामाग्री बितरण गर्ने क्रममा खेलाडीहरु लाई सम्बोधन गर्दै नेता पटेल ले बहुदरामाई नगरपालिका क्षेत्र भित्र रहेका खेलाडी हरुको मनोबल बढाउन आफू सदैब सहयोग गर्न तत्पर रहेको बताउदै खेलाडीहरु लाई सभ्य र भब्य रुपले प्रतियोगितामा प्रदर्शन गर्न शुभकामना व्यक्त गरे ।

नेता पटेलका बुवा स्व.रामबहादुर राउत कुर्मी को नाममा स्थापित गरिएको “रामबहादुर राउत फाउन्डेसन” मार्फत सो सामग्री बितरण गरिएको क्रिकेट टिम का कप्तान रामेश्वर पटेल ले बताए ।