अन्तर्राष्ट्रिय नेपाली समाज, महिला समितिको अध्यक्षमा डाक्टर रेणुका सोलु

everest kitchen

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समाज, महिला समिति गठन अध्यक्षमा डाक्टर रेणुका सोलु चयन भएकी छिन् । विश्वका विभिन्न देशमा रहेका नेपाली महिलाहरुको साझा संगठनको रुपमा “अन्तर्राष्ट्रिय नेपाली समाज, महिला समिति” रहेको छ ।

समितिको अध्यक्षमा डाक्टर रेणुका सोलु (नेपाल),
वरिष्ठ उपाध्यक्ष उर्मिला निर्दोषी (अमेरिका), उपाध्यक्षहरुमा नजवुल खान ‘निलम'(नेपाल), मन्जु पन्त (क्यानडा) र नमिता दवाडी (न्युजिल्याण्ड ) रहेकी छिन ।

महासचिवमा शुभद्रा थापा भण्डारी (अस्ट्रिया), सचिवमा लिली अधिकारी (नेपाल), कोषाध्यक्षमा शुभलक्ष्मी कोइराला (नेपाल) सदस्यहरुमा सीता अधिकारी (नेपाल), इन्दिरा चाम्लिङ(बेल्जियम) , अन्जिता सुनार (नेपाल), याङ्जी शेर्पा (नेपाल), सुमित्रा राई (चीन ), सुजता घलान युएई) र गीता निरौला (जापान) रहेकी छन् ।