आजदेखि झलनाथ–माधव पक्षको राष्ट्रिय भेला

everest kitchen

 

काठमाडौँ । नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ । बुधबार र बिहीबार चल्‍ने भेलामा देशभरबाट उक्त समूहका नेता/कार्यकर्ता काठमाडौँ आइसकेका छन् भने कतिपय आउँदैछन् ।

केही दिनअघि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल समूहले छलफल गरेको थियो । तर छलफल सकरात्मक नभएपछि यो समूहले राष्ट्रिय कार्यकर्ता भेला नरोक्‍ने निर्णय गरेको थियो । ओलीसँगको छलफलपछि नेता नेपालले सोमबार आफ्नो समूहका केन्द्रीय सदस्य, सांसदलगायतलाई ब्रिफिङ गरेका थिए ।

अध्यक्ष ओलीले नेपाल समूहका नेताहरूको जिम्‍मेवारी खोसेका थिए । पार्टीमा ओलीले एकलौटी गरेपछि नेपाल समूहले भेला आयोजना गरेको हो । आफु निकट नेताहरूसँग नेता नेपालले प्रधानमन्त्री ओलीले फागुन २८ गतेको निर्णयको विषयमा कुरा उठेपछि त्यो निर्णयबाट आफू पछि नहट्ने भन्दै जंगिएको बताएका थिए । नेता नेपालले सहकार्य सहज नरहेको बैठकमा बिफ्रिङ गरेका थिए ।Ujyalonet