बर्दियामा फेरि बाघको आक्रमणमा एकको मृत्यु

everest kitchen
photo file

बाँके। बर्दियाको ठाकुरबाबा नगरपालिका–७ मोहनपुर बस्ने ६२ वर्षीय दल्ली रावतलाई बाघले आक्रमण गर्दा मृत्यु भएको छ । मङ्गलबार घाँस काट्न भनी घरबाट रावतसहित तीन महिला बर्दिया राष्ट्रिय निकुञ्जको बगौरा भन्ने स्थानमा गएको बेला घटना घटेको हो ।

बाघले रावतलाई आक्रमण गरेको थाहा पाएपछी निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाका देवीदत्त गणका गणपति दिनेश कार्कीको टोली र इलाका प्रहरी कार्यालय बगनाहाबाट गएको संयुक्त टोलीले आज शव फेला पारेको छ । रावतको शव परीक्षणका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको छ ।