मलेसियामा जम्मा बिरामिकाे ९५ प्रतिशत बिरामि निकाे भए

everest kitchen

ऐजेन्सी । मलेसियामा कोरोना संक्रमणका जम्मा बिरामिकाे ९५ प्रतिशत बिरामि निकाे भएका छन्। आज मलेसियामा काेराेनाकाे कारण २ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार २२० जना रहेका छन् ।

त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार २१९ जना रहेकाे छ । मलेसियामा हालसम्म ३ लाख २७ हजार २५३ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै आज १ हजार ३४६ जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये ३ लाख १० हजार ९५८ जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

केही समय अघि सक्रिय संक्रमितको सङ्ख्या ५१ जना मात्रै रहेको मलेसियामा हाल १५ हजार ७५ जनामा सक्रिय संक्रमण रहेको छ ।