नेपाल– खनाल पक्षको भेला: पार्टीका सम्पूर्ण कमिटीहरू सक्रिय बनाउने लगायतका निर्णयहरु

everest kitchen

 

काठमाडौं । एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षको दुई दिने राष्ट्रिय कार्यकर्ता भेला समसामयिक विषयमा १७ बुँदे विशेष प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । सर्वोच्च अदालतले नेकपा(एमाले) ब्युताएको अवस्थामा माधव समुहले २०७५ साल जेठ २ गते कायम रहेका पार्टीका सम्पूर्ण कमिटीहरूलाई सक्रिय बनाउने निर्णय पनि गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले षडयन्त्र गरेको भन्दै नेता योगेश भट्टराईले अध्यक्ष ओलीले २०७५ साल जेठ २ गते त्यसपछि बनाएको कुनैपनि पार्टी कमिटीलाई स्वीकार नगर्ने निर्णय गरेको बताए । भेलाले सर्वोच्च अदालतले फागुन २८ गते अध्यक्ष केपी ओलीले एकतर्फी गरेका निर्णयको भर्त्सना गर्दै पार्टी एकताको पक्षमा सवै नेता कार्यकर्ताहरूलाई उभिन आग्रह गरेको छ ।

त्यस्तै भेलाले ओलीका तर्फबाट भएका कथित सवै निर्णय रद्द गरेको छ ।

यस्ता छन् १७ बुँदे विशेष प्रस्ताव :