पत्रकारलाई जवर्जस्त राजीनामा दिन वाध्य बनाएको भन्दै नेपाली मजदुर एकता समाजको ध्यानाकर्षण

everest kitchen
photo file

काठमाडौँ। अन्नपूर्ण पोस्ट प्रीन्ट मिडियामा काम गर्ने श्रमजीवी पत्रकारहरुले त्यस मिडिया हाउस संचालकहरुको चर्को र नाटकिय दवावका कारण पत्रकारिताको काम तथा रोजगार छोड्न वा जवर्जस्त राजीनामा दिन वाध्य भएको भन्दै नेपाली मजदुर एकता समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। समाजले एक बिज्ञप्ति जारि गर्दै पत्रकारिता कर्म र रोजगार गुमाउन बाध्य पारिएका श्रमजीवी पत्रकारहरुलाइ पत्रकार हरुको इच्छा र माग अनुसारको उचित क्षेतिपुर्ती वा स- संमान पुन रोजगारीको ग्यारेन्टी हुने वातावरण मिलाउन नेपाल सरकारका संबंधित मन्त्रालय र प्रेस काउन्सिल नेपाल लगायतको ध्यानाकर्षण गराएको हो ।

अन्नपूर्ण पोस्ट पत्रिकामा कार्यरत पत्रकारहरूले सामुहिक राजीनामा दिएका छन्। नेपाल न्युज इन्टरनेशनल प्रा.लि.बाट प्रकाशन हुँदै आएको उक्त पत्रिकाका पत्रकारहरुले २०७८ वैशाख ३ गतेदेखि लागू हुने गरी पत्रकारको हस्ताक्षरसहित सम्पादक अखण्ड भण्डारीलाई मंगलबार सामुहिक राजीनामा बुझाएका हुन्।

अन्नपूर्ण पोस्टमा एक वर्षदेखि २० वर्षसम्म काम गरेका पत्रकारले राजीनामा दिएका छन् । संचारगृहले केही दिनदेखि लगातार राजीनामा मागेको माग्यै गरेपछि बाध्य भएर राजीनामा दिएको उनीहरुले बताएका छन्।

सामुहिक राजीनामा २८ जना पत्रकारको हस्ताक्षर छ। राजीनामा दिनेहरुमा विनोद न्यौपाने, यम विरही, रामकृष्ण अधिकारी, तिलक सापकोटा, प्रमोदकुमार गिरी, कृष्णप्रसाद मरासिनी, गोविन्द रेग्मी, खगेन्द्र भण्डारी, उमा विष्ट, सुनिता कार्की, सूर्यप्रसाद पाण्डे, अनन्त वाग्ले, दिनेश गौतम, अजवी पौडेल, लिलाराज अधिकारी, टिका बन्धन, कृष्णराज चौधरी, रामकृष्ण रानामगर, देवेन्द्र महत, सागर खड्का, सञ्जीव दाहाल, कपिल रोकाया, माधव छिनाल, उपेन्द्र अर्याल, विष्णु थापा, विनय बञ्जारा र दीपकराज घिमिरे रहेका छन् ।

समाजले जारि गरेको विज्ञप्ति