पूर्वमन्त्री जोशीको उपचारमा सरकारले १० लाख दिने

everest kitchen

काठमाडौं । सरकारले पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि १० लाख रुपैयाँ दिने भएको छ ।

शुक्रबार बिहान जोशीको स्वास्थ्य अवस्थाको जानकारी लिन नर्भिक अस्पताल पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले जोशीको उपचारमा १० लाख सहयोग गर्ने घोषणा गरेका हुन् ।

गत फागुन १४ गते मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएका नेता जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। जोशीको अवस्था गम्भीर रहेको र उनी कोमामा रहेका छन् ।