आमाबुबाको मृत्युपछि स्वास्थ्य समस्यामा रहेका बिकेशलाई आर्थिक अभाव

everest kitchen

काठमाडौं । आमा हृदयघात र बुवा क्यान्सरका कारण मृत्युु भएपछि एक्लो बनेका रौतहट मौलापुर नगरपालिका-७ पथरा बुधरामका बिकेश कुमार दास बिरामी छन् । उनलाई क्षयरोग तथा छातीमा पानी जम्ने समस्याले सताएको छ ।

१९ बर्षिय बिरामी बिकेश यतिबेला बिरगंज स्थित प्रभु हस्पिटलमा उपचाररत छन् । उनको रोगको उपचार तथा छातीमा जमेको पानी तुरुन्तै अपरेसन गरेर हटाउनुपर्ने भएपछि उनलाई आर्थिक अभाव परेको छ ।उनको उपचारको लागि घरको आर्थिक अवस्थाले नधान्ने भएपछि उपचार गर्न समस्या रहेको उनले बताएका छन् ।

कम्जोर आर्थिक अवस्था र स्वास्थ्य समस्याले गर्दा समस्यामा रहेका उनले आर्थिक अभाव भएकोले कोही सहयोगीले सहयोग गरेमा आफू बाँच्ने आशा रहेको बताए । उनले भने, “यो संसारमा दु:ख पाएको म जस्तो साहेद कोही छैन जस्तो लाग्छ ।

साथै बिरामी बिकेशलाई सहयोग गर्न चाहेमा उनको बिकेश कुमार दासको नाममा रहेको एनआईसी एसिया बैंकको खाता नम्बर १३९५७५०९४८२०४००१ मा सहयोग गर्न अनुरोध गरिएको छ । उनको सम्पर्क नम्बर ९८०८६३६०९४ मा सम्पर्क गर्न सकिनेछ ।